SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

सेउलुङ बस्ती पहिरोको जोखिममा

म्याग्दी- मालिका गाउँपालिका ३ को सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए। “पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन”, उनले भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी