भारतले टेलिग्राममा किन लगायो प्रतिबन्ध ?
काठमाण्डु- भारतले राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा (एनइइटी) को पुनः परीक्षाअघि टेलिग्राममा अस्थायी प्रतिबन्ध लगाएको छ । परीक्षा नक्कल र प्रश्नपत्र चुहावटको बढ्दो विवादपछि एनइइटीको पुनः परीक्षाअघि हुने संगठित ठगी नियन्त्रण गर्न प्रतिबन्ध लगाएको जनाएको छ। गत महिना प्रश्नपत्र चुहावटसँग सम्बन्धित ठूलो स्क्यान्डल सार्वजनिक भएको थियो । त्यसपछि एनइइटी परीक्षा रद्द गरिएको थियो ।
