पूर्वाधार निर्माणमा सार्वजनिक खरिद नियमावली नै बाधक : सांसद मोहन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका कमजोरीका कारण मुलुकको पूर्वाधार विकास र आर्थिक लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो धारणा राखेका हुन् ।
