खुकुरी देखाएर युवतीमाथि कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ
काठमाडौं । युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् ।
