सुकुम्बासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग
काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्त गर्न माग गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणामा ‘रुलिङ’ गर्न र संसद्मा आएर आफ्नो धारणा सच्याउन आग्रह गरे । उनले गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।
