देवघाटधामको ३० रोपनी जग्गा अतिक्रमणमा
तनहुँ- प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको जग्गा अतिक्रमणमा परेको छ । गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा बस्ती बसालेको अनुमान गरिएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । उक्त क्षेत्रमा ३७ घरका १०६ परिवारले बस्ती बसालेका छन् ।
