खुकुरी देखाएर युवतीलाई यातना दिएको भिडियो भाइरल, लागुऔषधसहित युवक पक्राउ
काठमाण्डु– खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् । तीन महिनाअघि खिचिएको भिडियो मंगलबार २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो ।
