SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

कोशीमा सांसदका स्वकीय सचिवलाई एकमुष्ट ३ लाख १२ हजार

विराटनगर : करिब नौ महिनादेखि पारिश्रमिकविहीन रूपमा काम गर्दै आएका कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद)का स्वकीय सचिवहरूको रोकिएको तलब अन्ततः भुक्तानी हुने भएको छ। कोशी प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको रोकिएको मितिदेखिकै पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेसँगै लामो समयदेखि अन्योलमा परेको विषयको टुंगो लागेको हो।