SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

भेनेजुएलाको भूकम्प: ५ दिनपछि भग्नावशेषबाट युवकलाई जीवितै निकालियो

भेनेजुएलाको ला गुएरा राज्यमा भूकम्प गएको ५ दिनपछि २१ वर्षीय युवकलाई भग्नावशेषबाट जीवितै निकालिएको छ। काराबायेदा शहरमा भग्नावशेषमुनि ‘आरोन लेवी क्यान्टिलो वर्गास’ जीवित फेला परेका हुन्।एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेका अनुसार भेनेजुएला, मेक्सिको र एल साल्भाडोरका उद्धार टोलीहरूले ती व्यक्तिलाई जीवितै निकालेका हुन्। उनलाई अहिले विशेष चिकित्सा हेरचाह दिइँदैछ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार कार्य ४३ घण्टा चलेको र आरोन १०६ घण्टासम्म फसेको बताएकी छिन्।