SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

कारागारमा कैदीबन्दीहरूबीच विवाद, चौकीदारका नजिककालाई कोठामा थुनेर ताला लगाइयो

कपिलवस्तु : कपिलवस्तु कारागारमा कैदीबन्दीहरूबीच आपसी विवाद भएको छ। कारागारभित्रका कैदीबन्दीहरूका चौकीदारले चरम ज्याजति गरेको विरोधमा अन्य कैदीबन्दीहरुले नाराबाजी होहल्ला गरी कारागारको ताला बन्द गरेका छन्। सर्वसाधारण कैदीबन्दीहरूले चौकीदारका नजिकका कैदीबन्दीलाई एउटा कोठामा तालाबन्दी गरेर राखेका छन्।नम्बर ब्लक २ का कैदीबन्दी नारायण वलीले कारागार प्रशासनको ज्यादतीविरुद्ध आफूहरु आन्दोलित भएको र कारागार नियन्त्रणमा लिएको उनीहरूले बताए।