SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

विपदमा परेका नागरिकको उद्धारका लागि कोशीमा ९९ स्वयंसेवक तयार

सुनसरी : विपदमा परेका नागरिकको उद्धारका लागि कोशीमा ९९ स्वयंसेवक तयार गरिएको छ। सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने ९९ जना स्वयंसेवक तयार गरिएको हो। असार ९ गतेदेखि झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिमबाट ९९ जना स्वयंसेवक दस्ता तयार गरिएको हो।