एनसेलले दियो थ्रीजी बन्दलाई गति, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह
काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिदै विभिन्न १३ जिल्लाका स्थानिय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । यसले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ ।योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ ।
