सत्ता र शक्ति गुमेपछि ‘एकताको अलाप’
काठमाडौं : सत्ताको न्यानो काख र शक्तिको मातमा हुन्जेल वामपन्थी नेताहरूलाई एकअर्काको उछितो काड्न फुर्सद थिएन। गालीगलौज, आरोप–प्रत्यारोप र सत्ताको झिनाझम्टीमै दिन बित्थे। तर, राजनीतिको पासा पल्टिएर जब सत्ता र शक्ति हातबाट फुत्कियो, तब वामपन्थी नेताहरूलाई एकाएक ‘संगठित र सक्रिय’ हुने चेत खुलेको छ।भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमपछि छिन्नभिन्न भएका वामपन्थीहरू केही दिनयता एकताको अलापमा देखिएका छन्।
