न्याय दिने कि न्यायको प्रदर्शन गर्ने ?
‘तपाईं न्यायमा विश्वास गर्नुहुन्छ र ससेज मन पराउनुहुन्छ भने दुवै कसरी बन्छन् भन्ने त्यो नहेरेकै जाति।’ जर्मन चान्सलर विस्मार्कको यो टिप्पणी कानुनी जगतमा बेला–बखत प्रयोग हुने भनाइ हो। यो भनाइको वास्तविकता र गहिराइ बुझ्ने हो भने अदालती बहस पनि सार्वजनिक प्रदर्शन नगरेकै ‘जाति’ होला कि ? त्यसो हुँदा अदालतमा बहस पैरवीको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) पद्धति नेपालमा प्रयोगमा आइरहँदा विस्मार्कको भनाइलाई ख्याल गर्नुपर्ने देखिन्छ।
