SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

अब हुलाक सेवालाई सार्वजनिक-निजी साझेदारीमा अघि बढाइने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई सार्वजनिक-निजी साझेदारी (पीपीए) मोडेलमार्फत आधुनिकीकरण गर्दै प्रभावकारी बनाउने योजना अघि बढाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सकिने बताए ।