अन्नतः पुजा बास्तोला बनिन् रास्वपा केन्द्रीय सदस्य, सांसद शर्मा ‘आउट’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनमा भएको त्रुटी सच्याइएको छ । महाधिवेशनमा निर्वाचित दुई जनाको नाम सच्याइएको हो । जसमा यसअघि निर्वाचित दुई जनालाई हटाएर अन्य दुई जनालाई राखिएको हो । रास्वपा महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका अनुसार थप गरिएका केन्द्रीय सदस्यहरुमा ध्रुवकुमार थापा मगर र पुजा बास्तोला रहेका छन् ।
