‘गौँथली’ मा अरुण क्षेत्रीको चुनौतीपूर्ण यात्रा : अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास
काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले प्रचार–प्रसारको चरणमा छ । मुख्य अभिनेता अरुण क्षेत्री यतिबेला यही चलचित्रको प्रचारमा व्यस्त छन् । करिब एक दशकदेखि अभिनयमा सक्रिय क्षेत्रीका लागि ‘गौँथली’ केवल अर्को चलचित्र होइन, अभिनय यात्राकै सबैभन्दा कठिन र जिम्मेवार परियोजना बनेको छ ।
