SHARE
Kalo Pati · आइबार​ ३ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

‘प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं’ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे।