SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं : आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। जारी श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग दिउँसोको २:४५ बजे प्रतिस्पर्धा गर्दैछ।पहिलो खेलमा नेपाल नामबियासँग ८ विकेटले पराजित भएको थियो। शीर्ष ४ मा रहँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन नेपालका लागि यो श्रृङ्खला निकै महत्वपूर्ण रहेको छ।हालसम्म लिग २ को २९ खेल खेलेको नेपालले ११ जित, १६ हार र २ खेल नतिजाविहीन बन्दा २४ अङ्क लिएर पाँचौं स्थानमा रहेको छ।