सशस्त्रका पूर्वएसएसपी नै ठगी धन्दामा
काठमाडौं :‘७७ लाख रुपैयाँ दिए हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छौं’ भन्दै बार्गेनिङ गर्ने सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपालकुमार गुरुङसहित ३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गत साउन ४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्ने अन्य दुई जनामा कलाकार नारदप्रसाद खतिवडा र बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विक्रमबहादुर थापा छन्।
