SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सर्पदंशबाट बालकको मृत्यु : प्रधानमन्त्री कार्यालयको चासोपछि रकम व्यवस्थापन, परिवारलाई शव बुझाइयो

बर्दिबास : सर्पदंशबाट मृत्यु भएपछि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिएको बालकको शव अन्ततः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासो र स्थानीय तहको समन्वयपछि परिवारलाई बुझाइएको छ।महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका चन्दन कापरका छोरा ८ वर्षीय विवेक कापरलाई बुधबार साँझ घरछेउको अम्बाको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो।