SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सिफारिस कार्यान्वयनमा गम्भीर बन्न आदिवासी जनजाति आयोगले पठायो प्रधानमन्त्रीलाई पत्र

काठमाडौं: आदिवासी जनजाति आयोगले सरकारले आफ्ना अधिकांश सिफारिस कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्रीलाई पत्र पठाउँदै हालसम्म सरकारलाई ८४ वटा सिफारिससहित पाँचवटा वार्षिक प्रतिवेदन बुझाइए पनि  १० प्रतिशत पनि कार्यान्वयन नभएको उल्लेख गरेका छन्।