SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

ग्यास लिकपछि उद्योगमा आगलागी : तीनजना कामदार गम्भीर घाइते

धनुषा : मिथिला नगरपालिका –०६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीनजना कामदार गम्भीर घाइते भएका छन् । बिहीबार बिहान करिब ७:०० बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो ।घाइते तीनैजना कामदारको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।