कानुन निर्माण तथा सुधार वर्ष सफल बनाउन उच्चस्तरीय समिति गठन
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानुन निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको निर्णयबाट आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरिएको थियो।मन्त्री गौतमले ‘कानुन निर्माण तथा सुधार वर्ष’लाई सफल बनाउनका लागि उच्चस्तरीय कानुन सुधार समिति गठनको निर्णय गर्नुभएको हो।
