SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकहरूलाई बर पीपल रिसोर्टमा १५% सम्मको छुट

काठमाडौं : सिद्धार्थ बैंक र बर पीपल रिसोर्ट बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  सम्झौता अनुसार लेकसाईड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।