SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

आज तीन संसदीय समितिको बैठक, चिकित्सा शिक्षा ऐनदेखि वार्षिक योजनासम्म छलफल

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ । बैठकमा चिकित्सा शिक्षा ऐनको कार्यान्वयन, आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना तथा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागसँग सम्बन्धित विषयमा छलफल हुने भएको छ ।