SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ ।