SHARE
कालिका खबर · सोमबार ११ साउन २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको हो। नेप्से परिसूचक आज ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेर रोकिएको छ। आज बजार खुलेदेखि नै गिरावटको क्रम जारी थियो। समग्रमा परिसूचक १.२१ प्रतिशतले घटेको छ। सोमबार कुल ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा कुल ६९ हजार ८०३ वटा कारोबार भएका छन्।