राइनास नगरपालिकाका करार कर्मचारी नागरिक पेन्सन योजनामा आबद्ध हुने
काठमाडौं। नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार आयोजित कार्यक्रममा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार राइनास नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ। योजनाअन्तर्गत नगरपालिकाले प्रतिकर्मचारी मासिक दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीले पनि सोही बराबरको योगदान गर्नेछन्। यसरी प्रतिकर्मचारी मासिक पाँच हजार रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुनेछ।
