नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ। राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले अब एपमार्फत व्यक्तिगत बचत खाता सहज रूपमा खोल्न सक्ने भएका हुन्। बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपभित्र उपलब्ध लिंकमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी खाता खोल्न सक्नेछन्। यसका लागि आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध गराइएको लिंकमार्फत प्राप्त गर्न सकिनेछ।
