SHARE
कालिका खबर · सोमबार ११ साउन २०८३ १२:२० PM · 1 मिनेट पढाइ

साउन १३ मा ३२औँ कार्गो दिवस, ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह

काठमाडौं। नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते (जुलाई २९) काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजना गर्ने भएको छ। यस वर्ष ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ भन्ने मूल नारासहित विशेष समारोह आयोजना गर्न लागिएको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष तथा ३२औँ कार्गो दिवस मूल समारोह समितिका संयोजक नरेशकुमार अग्रवालले कार्गो दिवस नेपालमा लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीति सुधारका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइसकेको बताए। नेफाका अनुसार कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।