नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ लाई प्रतिष्ठित गोल्डेन ए डिजाइन अवार्ड
काठमाडौं। नेपालमा सार्वजनिक हुने तयारीमा रहेको दिपल निभो क्यू०५ (Deepal Nevo Q05) ले प्रतिष्ठित गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको छ। आधुनिक डिजाइन, नवीनता र प्रयोगकर्ताकेन्द्रित अवधारणाका कारण यो प्रिमियम एसयूभीले अन्तर्राष्ट्रिय स्तरको सम्मान हासिल गरेको हो। ‘गोल्डेन ए’ डिजाइन अवार्ड असाधारण सिर्जनशीलता, प्राविधिक उत्कृष्टता र प्रभावकारी डिजाइन प्रस्तुत गर्ने उत्पादनलाई प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हो। परम्परागत सोचलाई चुनौती दिने, सम्बन्धित विधामा नयाँ दिशा दिने तथा डिजाइन र प्रविधिमार्फत उल्लेखनीय मूल्य सिर्जना गर्ने क्षमताका आधारमा विजेता छनोट गरिन्छ।
