SHARE
कालिका खबर · सोमबार ११ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामा पत्रमा पार्टीभित्र पछिल्लो समय उत्पन्न राजनीतिक, सङ्गठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण पदमा रहेर प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरेका छन् । पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जिम्मेवारी निर्वाह गर्दै आए पनि पछिल्लो समय पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा सङ्गठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको यादवले बताएका छन् ।