SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्न- निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विगतका निर्णयले आयोगमाथि शंका उत्पन्न गरेको टिप्पणी गरे ।