SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

 निर्वाचन  आयोग  राजनीतिको छायाँबाट मुक्त हुनपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको प्रभावबाट मुक्त, स्वतन्त्र र शक्तिशाली संवैधानिक निकायका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा धारणा राख्दै सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन आयोगको भूमिका निर्णायक हुने बताएका हुन् ।