शेयर बजारमा आज पनि गिरावट, करोबार रकम पनि घट्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाली शेयर बजार मापक नेप्से परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । आज बजार ४ दशमलव ६४ अंकले गिरावट आउँदा बजार बिन्दु २ हजार ६ सय ९६ मा आइपुगेको छ । त्यसो त सोमबार पनि शेयर बजारमा गिरावट आएको थियो ।
