इनड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ को पहिलो चरण सम्पन्न, १० महिला सम्मानित
काठमाडौं । इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढाउन सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । तीन महिनाको तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको हो ।
