SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै लघुवित्त पीडित आमरण अनशनमा

काठमाडौं । लघुवित्त पीडितहरूले सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघरमा मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेका छन् । पीडितहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना तथा अतिरिक्त शुल्क खारेज गर्न माग गरेका छन् ।