नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक बुधबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थित हुन भनिएको छ ।
