SHARE
अन्नपूर्ण · बुधबार १३ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

विभिन्न नौं विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले बिभिन्न ९ वटा विधेयकहरु संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।