यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं : सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको लगायत विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
