SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सुशासन र समृद्धिका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै दाहालले प्रधानमन्त्रीका केही अभिव्यक्तिबाट असहज अवस्था सिर्जना भएको भन्दै त्यसबारे संसदमा आएर स्पष्टीकरण दिन आग्रह गरे ।