SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

सुरक्षा अवस्था तनावग्रस्त बनेपछि सिराहामा कर्फ्यु लागू

सिराहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किन थालेपछि सिरहामा स्थानीय प्रशासनले अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा कर्फ्यु लागू गरिएको जनाएको छ।