SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभाको बिहीवारको बैठकको ‘शुन्य समय’ मा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै सांसद अप्सना बानुले सुनसरी लगायतका क्षेत्रमा पछिल्लो समय भएका हिन्दु र मुस्लिम समुदायबीचको झडपप्रति चिन्ता व्यक्त गरे ।