आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’
हेटौँडा । मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथमाथि ‘दादागिरी शैली’ मा काम गरेको, अवैध रूपमा रकम असुल्ने तथा स्थानीयलाई धम्की दिने गरेको भनी यसअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित्प्र/सारित समाचारप्रति आधिकारिक निकायले स्पष्टिकरण दिएको छ। यसअघि प्रकाशित समाचारमा रोशननाथमाथि गम्भीर प्रकृतिका आरोपहरू उल्लेख गरिएका थिए ।
