नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे छलफल गरिएको छ। राष्ट्रिय सभा अन्तर्गतको समितिको मंगलबार बसेको बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणको अवस्थाबारे जानकारी लिइएको हो।
