SHARE
अन्नपूर्ण · शनिबार २४ साउन २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

एमालेभित्र केपी ओलीको विकल्प छैन : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले एमालेमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। महन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने, 'एमालेभित्र केपी शर्मा ओलीको विकल्प नै छैन।’पार्टीको स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीले निर्णय नै गरिसकेको बताउँदै पार्टीभित्र दक्षिणपन्थी अवसरवाद माथि पनि गतिलो प्रहार भएको बताए। ‘एमालेभित्र विद्या भण्डारीलाई सम्मानित भएर बस्नका लागि निर्णय भयो। आमरूपमा बुझ्ने मान्छेहरूले त्यसलाई नराम्ररी पनि बुझे।