ललितपुरको जावलाखेलमा नेपालकै पहिलो ‘बोश ब्रान्ड स्टोर’ सञ्चालनमा
काठमाडौं : होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी ब्रान्ड बोश (Bosch) ले नेपालमा आफ्नो प्रिमियम उत्पादनहरूको उपस्थिति विस्तार गरेको छ। BSH Home Appliances ले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउँदै ललितपुरको प्रमुख व्यावसायिक क्षेत्र जावलाखेलमा देशकै पहिलो ‘बोश ब्रान्ड स्टोर’ सञ्चालनमा ल्याएको हो।
