महिलालाई आफ्नो गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ
काठमाण्डु– सार्वजनिक स्थलमा एक महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय व्यक्ती पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–७ स्थाइ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–२ मा बसोबास गर्दै आएका सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई पक्राउ गरेको हो।
