विश्वविद्यालयको दलीय भागबण्डा र राजनीतिकरण पूर्णरुपमा अन्त्य गर्छौ : शिक्षामन्त्री पोखरेल
काठमाडौं : शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्ण रूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौंमा त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबण्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् ।उनले सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दबाब आउन नदिने भन्दै दलीय दबाब आए तुरुन्त शिक्षा मन्त्रालयमा जानकारी गराउन आग्रह गरे ।
